Online Nepal
  • शनिबार, २० पुष २०८१
  • बारको प्रदर्शन भइरहँदा चोर बाटोबाट सर्वोच्च छिरे चोलेन्द्र

    बारको प्रदर्शन भइरहँदा चोर बाटोबाट सर्वोच्च छिरे चोलेन्द्र

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै नेपाल बार एसोसिएसनले गरेको प्रदर्शनका बाबजुत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफ्नो कार्यकक्षमा  प्रवेश गरेका छन् ।

    स्रोतका अनुसार प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक्न सर्वोच्चको मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर उनी अर्के गेट प्रयोग गरी  कार्यकक्षमा प्रवेश गरेका हुन् ।



    मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।



    महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।

    यसअघि उनले बालुवाटारस्थित आफ्नो निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका थिए। जबराले  निवासबाटै आठवटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन गरेका छन् ।

    जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्कीर विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार