काठमाडौँ। भारतको हैदराबादमा सम्पन्न इण्डियन पुलिस ट्रेनिङ (आईपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुले अवार्ड पाएका छन।
शुक्रबार बिहान हैदराबादको सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको दिक्षान्त समारोहमा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरहरुले अर्वाड पाएका हुन् ।
अवार्ड पाउनेहरुमा इन्स्पेक्टरहरु अनिल थापा, किरण राउत र सिमोन धिताल रहेका छन्। उनीहरुले क्रमश: आउटडोरमा द बिएसएफ ट्रफि, द जयपुर कप र द जयपुर कपको अवार्ड पाए ।
उनीहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोवलले उनीहरुलाई अर्वाडले सम्मानित गरेका हुन। कार्यक्रममा नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीको पनि पनि सहभागीता रहेको थियो ।
तालिममा सहभागी हुन नेपालबाट अवार्ड पाएका ३ इन्स्पेक्टरसहित इन्स्पेक्टरहरु सुभाष खतिवडा र होमनाथ रेग्मी पनि सहभागी भएका थिए।
Leave a Reply