Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने कानुन व्यवसायीहरु सर्वोच्चको गेटबाट पक्राउ

    प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने कानुन व्यवसायीहरु सर्वोच्चको गेटबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 780
    SHARES

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने ६ जना कानुन व्यवसायीलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट पक्राउ गरेको छ।

    प्रधानन्यायाधीश जबराको राजिनामाको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च प्रवेशमा जबरालाई रोक लगाउनधर्ना सुरु गरेपछि केही कानुन व्यवसायीहरुले उनको पक्षमा नाराबाजी गरेका थिए।



    त्यसक्रममा दुई पक्षबीच सामान्य झडपसमेत भएको थियो । प्रहरीले ४ महिलासहित ६ जनालाई  पक्राउ गरेको हो।



    सर्वाेच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ ।

    सामान्यतया सर्वाेच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार