Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चमा कानुन व्यवसायीहरु र प्रहरीबीच झडप, बारका महासचिव पौडेल घाइते

काठमाडौँ । आन्दोलनरत कानुन व्यवसायीहरु र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा झडप भएको छ ।

बिगत केही दिनदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनका सदस्यहरुले आज पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा उत्रिएका न्यायाधीशहरु र प्रहरीबीच विवाद भएको हो।

न्यायाधीशहरुको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको र माइक खोसेपछि केहीबेर विवाद सिर्जना भएको छ।

प्रहरीसँगको घम्साघम्सीमा बार एसोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् ।

अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका छन् ।  प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वाेच्चकै न्यायाधीशहरुले उनको  राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077