Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी नेता रामचन्द्र झाले प्रचण्ड छाडेर माधव रोजे, नेकपा समाजवादीमा प्रवेश गर्दै

    माओवादी नेता रामचन्द्र झाले प्रचण्ड छाडेर माधव रोजे, नेकपा समाजवादीमा प्रवेश गर्दै

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

    स्रोतका अनुसार आगामी मंसिर ५ गते जनकपुरमा हुने नेकपा एसको आमसभामा झा औपचारिक रुपमा पार्टी  प्रवेश गर्नेछन् ।



    यसबारे उनले माओवादी नेताहरुसँग विदा लिइसकेको बताएका छन्।



    नेता झा पछिल्लो समय नेकपा एमाले, डा. बाबुराम भट्टराईको नयाँशक्ति हुँदै नेकपा माओवादी केन्द्रमा आएका थिए। तर, अब माओवादीबाट पनि उनी नेकपा एसमा जाने भएपछि प्रदेश २ मा माधव नेपालको पार्टी झन् बलियो हुने भएको छ।

    प्रदेश २ मा नेकपा एस नेकपा एमालेभन्दा बलियो छ । प्रदेश २ को संसदमा समेत एमाले भन्दा समाजवादीकै सांसद बढी छन् ।

    प्रदेश २ मा एमालेका २१ प्रदेश सदस्यमध्ये ११ जना समाजवादीमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार