Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी नेता रामचन्द्र झाले प्रचण्ड छाडेर माधव रोजे, नेकपा समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

स्रोतका अनुसार आगामी मंसिर ५ गते जनकपुरमा हुने नेकपा एसको आमसभामा झा औपचारिक रुपमा पार्टी  प्रवेश गर्नेछन् ।

यसबारे उनले माओवादी नेताहरुसँग विदा लिइसकेको बताएका छन्।

नेता झा पछिल्लो समय नेकपा एमाले, डा. बाबुराम भट्टराईको नयाँशक्ति हुँदै नेकपा माओवादी केन्द्रमा आएका थिए। तर, अब माओवादीबाट पनि उनी नेकपा एसमा जाने भएपछि प्रदेश २ मा माधव नेपालको पार्टी झन् बलियो हुने भएको छ।

प्रदेश २ मा नेकपा एस नेकपा एमालेभन्दा बलियो छ । प्रदेश २ को संसदमा समेत एमाले भन्दा समाजवादीकै सांसद बढी छन् ।

प्रदेश २ मा एमालेका २१ प्रदेश सदस्यमध्ये ११ जना समाजवादीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077