Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो, केपी गुटको पत्तासाफ गर्छौं: माधव नेपाल

डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने बताएका छन।

बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, 'आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहन्छ, त्यो पाँचै दलबीच सहमति भइसकेको छ । केपी गुटको पत्तासाफ गरिदिनेछौं ।’

यस्तै उनले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि बताए । एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको उनको भनाइ  छ।

आफूहरूको पार्टी नेकपा एस भन्नुको कारण एमाले नो हुनु रहेको उनको भनाइ छ । उनले आफूहरू एस हुने वितिक्कै एमाले नो भएको टिप्पणी गरे । उनले भने, ‘हामी इन एमाले आउट, डडेल्धुरामा पनि समाजवादी एस र एमाले आउट भयो ।’

उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे । ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनले जिकिर गरे । उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले दाबी गरे ।

भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रिने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे ।

आफूहरू अहिले कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उभिएको र न्यायको पक्षमा उभिने कलम नै सही भएको नेपालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077