Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले सुनसरी विवाद: मेयर द्वारिकालालले खोसे अध्यक्षको माइक

    एमाले सुनसरी विवाद: मेयर द्वारिकालालले खोसे अध्यक्षको माइक

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.4K
    SHARES

    सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले सुनसरीमा चरम विवाद उत्पन्न भएको छ ।

    बुधबार जिल्ला सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बसेको बैठकमा २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच माइक खोसाखोस समेत भएको छ ।



    स्र्तोका अनुसार २ जेठकाे विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको हो। दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भयो।



    कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका हुन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको भन्दै मेयर चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको थियो ।

    चौधरीको हातबाट पुन: माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ।  माइक खोसेपछि चौधरी बैठक बहिस्कार गर्दै कार्यक्रम स्थलबाट बहिरिएका छन्।

    मेयर चौधरीले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा पत्रकार सम्मेलनकाे तयारी गरेको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार