मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २२ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाका ४२ वर्षीय नरबहादुर मोक्तान रहेका छन् ।
प्रहरीका अनुसार बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका– ९ जयसिंह सडक खण्डमा शंकास्पद रूपमा बसिरहेका माेक्तानलाई सोधपुछ गर्दा लागूऔषध गाँजा एक सय २२ किलो फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका माेक्तानलाई उक्त गाँजासहित पक्राउ गरी थप आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
Leave a Reply