Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीलङ्कामा भारी वर्षाका कारण ११ जनाको मृत्यु

एजेन्सी । श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७,००० मानिस प्रभावित भएका छन् ।

विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ ।

आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो ।

मङ्गलबार बिहानसम्म ७ हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् ।

श्रीलङ्काको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077