Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राष्ट्रपति भण्डारीबाट तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

    राष्ट्रपति भण्डारीबाट तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।

    मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज नियुक्त गरेकी हुन् ।



    मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेश प्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।



    यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार