Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन: अध्यक्षमा उम्मेद‍्वारी दिने भीम रावलको घोषणा

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले १०औं महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेद‍्वारी घोषणा गरेका छन ।

मंगलबार आफ्नो गृहजिल्लामा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् ।

उनले आफू कार्यकर्ताको भावना अनुसार पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताए ।

'मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए, कार्यक्रममा उपाध्यक्ष रावलले भने, 'उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ। '

कार्यक्रममा नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरसहित स्थानीय नेताहरुको उपस्थिति रहेको थियो।

महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077