Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोतिपुर घटना: मृतकका परिवारलाई ५ लाख ५० हजार दिने सरकारको निर्णय

काठमाडौ । सरकारले रुपन्देही जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय गरेको हो।

गत असोज २४ गते निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासन र सुरक्षाकर्मीबीच झडप भएको थियो।

झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।

यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077