काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिचौलियाका नाइके भएको आरोप लगाएका छन्।
मंगलबार विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न समेत आग्रह गरे
सम्बोधनमा उनले भने, ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ, उनी बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’
यस्तै, श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायापालिकामा विकृति भित्र्याएको आरोप लगाए । जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेका छन् ।
आफूहरू शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको तर प्रधानन्यायाधीश जबराले भने न्यायपालिकामा विकृति अझै मौलाउन खोजेर इजलास तोकेको उनको भनाइ छ।
Leave a Reply