Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जबराले न्यायपालिकामा विकृति भित्र्याए : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायापालिकामा विकृति भित्र्याएको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीस जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका हुन्।

आफूहरू शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको तर प्रधानन्यायाधीश जबराले भने न्यायपालिकामा विकृति अझै मौलाउन खोजेर इजलास तोकेको उनको भनाइ छ।

प्रधानन्यायाधीश जबराले आफूहरुलाई तिमीहरूले भनेर हुँदैन भन्दै आफैले सिध्याउन खोजेको आरोप लगाउदै उनले थपे, ‘यो अवस्थामा सेवाग्राही र नागरिक समाज उत्रिन्छ, उहाँको कदम दर्दनाक बन्छ ।’

जबराले आफूविरुद्धको बारको आन्दोलनलाई वेवास्ता गर्दै मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन्।

यसअघि बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।

जसअनुसार आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।

तर, न्यायाधीशहरूले भने प्रधानन्यायाधीश जबराले सबै मुद्दामा इजलास गठन गरेको भन्दै मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । उनीहरुले आज पनि धर्ना जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077