Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नौ सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा दिल्ली उडे

    नौ सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा दिल्ली उडे

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

    भारतीय सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।



    भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।



    उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

    नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।

    नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार