Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० बुँदे सहमति विपरीतका बैठक अवैध र अमान्य : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० सहमति विपरीतका बैठक अवैध र अमान्य हुने बताएका छन्। उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका हुन्।

‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ,’ मंगलबार बिहान ट्वीट गर्दै रावलले भने, ‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

१० सहमितमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् । हाल एमालेले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077