Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • ४ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    ४ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।



    प्रनाउ बिष्टका अनुसार जोशीपुर गाउँपालिका–५ सिम्ररास्थित चालक लम्की चुहानगरपालिका–७ को अभिषेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोक्किँदा चालक अभिषेक चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चारजना घाइते भएका थिए ।



    घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएकामा र घाइते नरेश रोकायालाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको बताइएको छ । अन्य घाइतेलाई सामान्य उपचारपश्चात् घर पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार