Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका थिए। उनको पक्षमा ५९ मत परेको छ ।

१०९ जना सदस्य रहेको वागमती प्रदेशसभामामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

सोमबार १०४ जनाले प्रदेशसभामा मतदान गरेका थिए ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिए।

यस्तै, पाण्डेको विपक्षमा ४७ मत पर्दा २ मत तटस्थ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077