Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कोरोना भाइरस:

    ३९० जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु, ४२५ डिस्चार्ज

    ३९० जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु, ४२५ डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.1K
    SHARES

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।

    मन्त्रालयका अनुसार सोमबार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ जना र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ४२५ जना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

    यसअघि हिजो आइतबार १४३ जनामा संक्रमण पुष्टि हुँदा ५६३ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार