Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलन:

    प्रधानन्यायाधीशकै कारण न्यायपालिकामा सेटिङ र बिचौलियातन्त्र मौलायो: अधिवक्ता त्रिपाठी

    प्रधानन्यायाधीशकै कारण न्यायपालिकामा सेटिङ र बिचौलियातन्त्र मौलायो: अधिवक्ता त्रिपाठी

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 969
    SHARES

    काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै कारण न्यायपालिकामा सेटिङ र बिचौलियातन्त्र मौलाएको आरोप लगाएका छन्।

    सोमबार नेपाल बार एशोसिसनले आयोजना गरेको दोस्रो चरणको विरोध कार्यक्रममा बोल्दै अधिवक्ता त्रिपाठीले प्रधानन्यायाधीश राणा जतिको असक्षम र भ्रष्ट नेपालको न्यायिक इतिहासमा कोही पनि नभएको समेत बताए।



    ‘प्रधानन्यायाधीशले पद त्याग नगरुन्जेलसम्म यो आन्दोलन जारी रहन्छ । यो आन्दोलन न्यायको पवित्रता र बिचौलियातन्त्रलाई उन्मूलन गर्नका लागि हो, उहाँले राजीनामा दिनुपर्ने हुन्छ,’ त्रिपाठीले भने ।



    कार्यक्रममा अहिले न्यायपालिका भंग हुने अवस्थामा पुगेको भन्दै उनले अघि भने, ‘न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु हो र राज्य कोल्याप्स हुनु हो, उहाँकै न्यायपालिकामा सेटिङको कुरा सुनिएको र बिचौलियातन्त्र मौलायो।’

    प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून कालो ब्यानरसहित व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार