Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • सुडानमा सैन्य ‘कू’: प्रजातान्त्रिक तबरले सत्ता हस्तान्तरण गर्ने सैन्य प्रमुखको प्रतिबद्धता

    सुडानमा सैन्य ‘कू’: प्रजातान्त्रिक तबरले सत्ता हस्तान्तरण गर्ने सैन्य प्रमुखको प्रतिबद्धता

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि त्यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

    त्यहाँ गत महिना सैनिक कू भएको भनिएलगत्तै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो ।



    प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई त्यहाँका सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए । त्यहाँका सैनिक प्रमुख अब्देल फताह अद बुर्दानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको कुरा आइतबार बताएका छन् ।



    अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उनले सो कुरा बताएका हुन् । उनले आफूले त्यहाँका राजनीतिक दलहरुलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको सो प्रतिनिधिमण्डलसँग बताएका थिए।

    अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उनलाई भेट्न आइतबार गएको थियो । अरब लिगले यसअघि पनि उनलाई सत्ता त्याग्न आग्रह गरेको थियो ।

    सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा असहज सम्बन्ध रही आएको बताइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार