Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा अजिङ्गरको उद्धार

कञ्चनपुर । सशस्त्र प्रहरी बलले आज कञ्चनपुरको दक्षिणी क्षेत्रबाट अजिङ्गर उद्धार गरी वनको जिम्मा लगाएको छ ।

यहाँस्थित बेलौरी नगरपालिका–६ भुराकोटको नेपाल–भारत सीमा क्षेत्रबाट सात फिट लामो अजिङ्गर जीवितै उद्धार गरी कुन्डा सड डिभिजन वन कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नं ३५ हेटक्वार्टर शैलेश्वरीले जनाएको छ ।

“दशगजा क्षेत्रमा अजिङ्गर रहेको खबर पुग्नासाथ हाम्रो टोलीले उद्धार गरी वन कर्मचारीको जिम्मा लगाएको हो”, सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले भने, “सीमाको सुरक्षासँगै वन्यजन्तुको उद्धारमा पनि हामी सक्रिय छौँ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077