Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाठी प्रहार गरी श्रीमानले गरे कान्छी श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ ।

उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077