Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाराष्ट्रको सरकारी अस्पतालमा आगलागी : १० जना बिरामीको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्र राज्यमा रहेको सरकारी अस्पतालमा आगलागी भएको छ। सो आलगलागीमा १० जना बिरामीको मृत्यु भएको छ।

शनिबार अहमदनगरको सरकारी अस्पतालको आईसीयू वार्डमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उक्त वार्डमा कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको थियो।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोस्लेले आगलागीमा परी १० जना बिरामीको मृत्यु भएको पुष्टि गरेका छन्।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। आगलागी भएको वार्डमा २५ जना बिरामी भर्ना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077