Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिसाको घरमा बसेर ढुंगा हान्ने ? भन्दै योगेश भट्टराईलाई अखिलको चेतावनी

ठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईलाई नेकपा एकीकृत समाजवादी (एस) निटक संगठनले निहुँ नखोज्न चेतावनी दिएको छ ।

सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन भन्दै एस निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक विज्ञप्ती जारी गरी भट्टराईलाई चेतावनी दिएको हो ।

संगठनका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्तीमार्फत भट्टराईले नेकपा एसका विषयमा व्यक्त गरेको विचारप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै आपत्ती जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ–‘सबैले लडेर स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतालाईसमेत विर्सेर भट्टराईले व्यक्त गरेको विचारले उनको आफ्नै राजनीतिक कद घटाइरहेको छ।’

पराजुलीले विज्ञप्तीमार्फत एमाले नेता भट्टराईलाई प्रश्न गर्दै भनेका छन्–‘तपाईको प्रतिगामी पार्टी एमालेको पार्टी कार्यालय कहाँ छ ? करोडौ राजस्व छल्नेले दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेले सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन । जनताको व्यवस्थालाई कमजोर बनाएर ‘वा’ प्रवृत्तिलाई खुसी बनाउदैँ नव प्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो ? हिजो आफैले ओली प्रतिगमन विरुद्ध देशभर गरको घन्काएको नारा याद छ कि छैन ? कति चाडैँ प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो ? प्रतिगमनको सेवकका रुपमा हामी क्रान्तिकारीहरुसँग जोरी नखोज्न चेतावनी पनि दिन चाहान्छौ । कसको ठेगाना कहाँ हो ? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाईदिनेछन् ।’

पराजुलीले विज्ञप्तिमार्फत एस निकट विद्यार्थी संगठनले समाजवादको यात्रामा अविचलित देशभरका राष्ट्रवादी, देशभक्त विद्यार्थीको तर्फबाट आफ्ना कुण्ठा मिश्रित अभिव्यक्ति तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077