Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘एमालेलाई बढार्नुपर्छ’ भनेका गगनलाई ओलीको काउन्टर, सिंगो कांग्रेसलाई दिए यस्तो चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापाको टिप्पणीको जवाफ फर्काएका छन्।

‘एमालेलाई कुचो लगाएर बढार्नुपर्छ’ भन्ने गगनको टिप्पयाीलाई लक्षित गर्दै ओलील कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताउँदै गगनलाई भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न चेतावनी दिएका छन्। ओलीले गगनलाई आफ्नो पार्टीको अवस्था कस्तो छ भनेर विचार गर्न सुझाव दिए।

‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा !’ ओलीले भने, ‘एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगो कांग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्न ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077