Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डको दुखेसो: माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेपे

    प्रचण्डको दुखेसो: माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेपे

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अवसरवादीहरु हावी हुँदा गुण्डाहरुले पनि हेप्ने दिन आएको दुखेसो पोखेका छन् ।

    बिहीबार नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वकाे उपलक्ष्यमा नेवा:मुक्ति माेर्चा केन्द्रीय समितिद्वारा आयाेजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अवसरवादीहरु हावी हुँदा माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आएको बताएका हुन् ।



    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्ति प्रकृयामा आएपछि पार्टीमा विकृति भित्रियो, हाम्रा कमरेडहरु पनि अरु जस्तै विग्रन थाले, यस्तो अवस्थामा पार्टी कजोर भयो, कम्जोर हुँदा काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आयो, अब त्यस्तो हुँदैन ।’



    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी बन्ने र नेतृत्व लिने ठाउँमा पुग्ने दाबी गरे। ‘जनतामा उभार आउन थालेको छ, प्रतिक्रियावादी भित्रभित्र आत्तिन थालेका छन्, नयाँ संकल्प र एकतासहित अगाडि बढ्छौं, आगामी चुनावमा देशको नेतृत्व लिने ठाउँमा पुग्छौं’, प्रचण्डले भने।

    कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादी माओवादीलाई कमजोर नपारेसम्म देशले सुख नपाउने भन्दै लागिपरेको बताए । उनले माओवादी बिना जनताले सुख नपाउने भएकाले माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ।

    साथै, उनले देशभर माओवादीका संगठनले गति दिन थालेको दाबी समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार