काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।
मन्त्रालयका अनुसार ३ हजार २५९ पीसीआर परीक्षणमा २८७ जना र ३ हजार १२५ एन्टिजेन परीक्षणमा ५२ जना गरी ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ५१८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ हजार ८९० जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो बुधबार ४४७ जनामा संक्रमण पुष्टि हुँदा ४३९ जना डिस्चार्ज भएका थिए ।
Leave a Reply