Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बाइडेनसँगको भेटबारे प्रधानमन्त्री देउवाले भने- टोपी देख्नेबित्तिकै चिनिहाले

    बाइडेनसँगको भेटबारे प्रधानमन्त्री देउवाले भने- टोपी देख्नेबित्तिकै चिनिहाले

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहालेको बताएका छन् ।

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका देउवाले पत्रकार सम्मेलनमा भने, ‘बाइडेनसँग पनि मेरो भेट भयो, उनी पहिले नै नेपाल आएका रहेछन्, मैले टोपी लगाएर गएको थिएँ, देख्नेबित्तिकै चिनिहाले।’



    भेटका क्रममा बाइडेनले ‘नेपाल राम्रो देश छ, मलाई खुब मन पर्छ’ भनेको पनि देउवाले बताए।



    गत सोमबार देउवा र बाइडेनबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रिभोजका दौरान जम्काभेट भएको थियो ।

    प्रधानमन्त्री देउवा कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए ।

    यस्तै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार