Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हत्या गरेर फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले व्यक्ति हत्याका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक जलुके गाविस–४ हाल सितगंगा नगरपालिका–७ का खिमबहादुर पुलामी रहेका छन्।

जिल्ला अदालत अर्घाखाँचीले २०५६ साल असार १८ गते पुलामी सहितका ४ जनालाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला गरेको थियो। उनीहरुले स्थानीय भीमबहादुर क्षेत्रीको निर्मम हत्या गरेका थिए। हत्यामा संलग्नमध्ये दुई जनाको मृत्यु भइसकेको छ।

हालसम्म फरार पुलामीलाई प्रहरीले कार्तिक १६ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजकै घर नजिकबाट पक्राउ गरेको हो।

पुलामीलाई अदालतमा पेस गरी कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077