Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपालको समाजवादी 'अवैध गर्भधारण'बाट जन्मिएको पार्टी हो, महाधिवेशनमा आमन्त्रण गर्दैनौँ: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रचारपसार प्रमुख योगेश भट्टराईले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई अवैध गर्भधारणबाट जन्मिएको बताएका छन्।

बुधबार दशौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत् नेता भट्टराईले एमालेबाटै विभाजित भएर गएको नेकपा एसलाई यस्तो बताएका हुन्।

साथै, एमालेको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोहमा एकीकृत समाजवादीलाई नबोलाउने भट्टराईले जानकारी दिए । तर, भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण गरिने जानकारी दिए ।

कार्यक्रमा पत्रकारको प्रश्नमा जवाफ दिँदै भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ।’

एमालेको दशौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077