Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बिदेशबाट फर्कनेहरुलाई एयरपोर्टबाट पिछा गरी लुटपाट गर्ने २ जना पक्राउ

    बिदेशबाट फर्कनेहरुलाई एयरपोर्टबाट पिछा गरी लुटपाट गर्ने २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महानगरीय परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई लुट्ने गिरोहका सदस्यलाई  पक्राउ गरेको छ।

    कतार, दुवई, मलेशिया लयायतका देशहरुमा वैदेशिक रोजगारका लागि गएकाहरु फर्कने क्रममा लुटिएको गुनासो आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको  प्रहरी टोलीले लुट्ने गिरोहको पहिचान गरेको थियो ।



    प्रहरी टोलीले लुटेराहरुको खोजतलास गर्ने क्रममा २०७८ कात्तिक ११ गते ९.३० वजे कतारको उडानबाट ओर्लनासाथ ट्याक्सी चढी दाजुको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडि लुट्नेलाई पक्राउ गर्न सफल भएको छ ।



    दुई वटा मोटरसाइकलले ट्याक्सीको बाटो छेकी २ थान मोवाइल, ६ सय कतारी रियाल र २५ ग्रामको सुनको औंठी थान १ लुटी फरार भएका मध्ये २ जना लुटेरालाई सोमबार लुटेको मोवाईल थान १ र मोटरसाइकलसहित सहित महानगरीय परिसर काठमाडौको विशेष टोलीले नियन्त्रणमा लिई  गौशाला वृत्तमा बुझाएको छ ।

    लुटेराको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार