Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिगमन परास्त गरेर आएको सरकार पूर्ण कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

संखुवासभा । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकाल टिक्ने बताएका छन् ।

आज सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गरे ।

अहिलेको सरकार जनताबाटै निर्वाचित सरकार भएकाले पूर्ण कार्यकालसम्म रहने उनको भनाइ थियो । नेकपा माओवादी केन्द्र सङ्खुवासभाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा आज सङ्खुवासभा आएका हुन्।

अहिलेको सरकार प्रतिगमनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकालसम्म चल्ने मन्त्री शर्माले बताए । गठबन्धनको सरकाले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकाले सरकार ढल्ने कुरा निराधार भएको मन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077