Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डलाई ओलीको प्रश्न- बैंसमा त बम पड्काएर कुरूक्षेत्र बनाउनु भयो, अब के पड्काउने ?

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कडा आलोचना गरेका छन्।

मंगलबार चितवनको माडीस्थित राम मन्दिरमा पूजा अर्चना गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई लक्षित गर्दै अब माडी क्षेत्र तपोभूमिको रुपमा विश्वभर चिनिने बताए ।

'यहाँ राम-सीता लक्ष्मणका मूर्ति छन् । हात जोडेर बसेका हनुमानको मूर्ति छ, ओलीले भने,' हनुमान सधैँ हात जोडेर मात्रै बस्दैनन् । गदाहा पनि उठाउँछन् । हनुमानको गदाह देखेर पापीहरू आत्तिन्छन्, अहिले केही आत्तिन थालिसके सके" उनले प्रचण्डलाई लक्षित गर्दै भने।

केही दिनअघि चितवन भरतपुरमा आयोजित कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले आगामी चुनावमा चितवन कुरूक्षेत्र हुने बताएका थिए । त्यसको जवाफको दिँदै ओलीले भने 'प्रचण्डले बैँस सम्झेर अहिले कुरूक्षेत्र बनाउँछु भनेर हुन्छ ? बैंसमा त बम पड्काएर बाँदरमुढेमा कुरूक्षेत्र बनाउनु भएको हो । अब के कुरूक्षेत्र बनाउने ? कुरूक्षेत्र बनाए पनि जित्ने भनेको पाण्डबले हो ।'

यस्तै, कार्यक्रममा ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गरे। उनले रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकीर गरे ।

ओलीले आफू प्रधानमन्त्री भएका बेला राम लक्ष्मण र हनुमानको प्रतिमा बनाएर बालुवाटारमा पूजा गरेर रथयात्रा माडी ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077