Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • प्रधानन्यायाधीश प्रकरणमा अधिवक्ता श्रेष्ठको आक्रोश, ‘चोलेन्द्रले भिजिलान्ते खटाएर आन्दोलन भाड्न खोजे’

    प्रधानन्यायाधीश प्रकरणमा अधिवक्ता श्रेष्ठको आक्रोश, ‘चोलेन्द्रले भिजिलान्ते खटाएर आन्दोलन भाड्न खोजे’

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको हैसियतमा उनले गरेका सबै काम गलत भएको टिप्पणी गरेका छन्।

    मंगलबार नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।



    उनले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको समेत आरोप लगाए। मंगलबारको कार्यक्रमपछि बोल्दै श्रेष्ठले जबराको नेतृत्वमा अब न्यायपालिका अघि बढ्न नसक्ने बताउदै तत्काल राजीनामा दिन माग गरेका छन् ।



    उनले सर्वोच्च अदालतका सबै न्यायाधीश, नेपाल बार, पूर्वन्यायाधीशलगायतले गलत भनिरहँदा जबरा केही नभएजस्तो गरेर बसिरहेको भन्दै तिहारसम्ममा राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

    ‘भिजिलान्ते प्रयोग गरेर आन्दोलन भाड्ने कोसिस भइरहेको छ,’ उनले भने,‘सम्मानजनक बहिर्गमन जालझेलको कुरा हो ।’ उनले दलहरूप्रति पनि प्रश्न गरे । ‘राजनीतिक दलका नेताहरूको दायित्व के हो हो  ?’

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले तेस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । धर्नाका क्रममा उनीहरुले कुनै पनि हालतमा जबराको राजीनामा बाहेक अन्य विकल्प नमान्ने उद्घोष गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार