Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • माल्दिभ्सले अनुदानमा दिएको दुई लाख डोज खोप काठमाडौँ आइपुग्यो

    माल्दिभ्सले अनुदानमा दिएको दुई लाख डोज खोप काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ ।

    माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।



    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ ।



    उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए ।

    नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार