काठमाडौं । लोकसेवा आयोगले संघीय संसदको उपसचिव पदमा लिएको परीक्षामा कुनै पनि उम्मेदवार उतीर्ण हुन नसकेको आयोगले जनाएको छ ।
आयोगले राजपत्रांकित द्धितीय श्रेणीको ३ पदका लागि २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो ।
३ जना उपसचिव माग गरेकामा २ जना मात्र परीक्षामा सहभागी भएका र उनीहरु लिखित परीक्षामा नै असफल भएका लोकसेवा आयोगले जनाएको छ ।
लोकसेवा आयोगले आइतबार नै सूचना जारी गरेर लिखित परीक्षामा दुबै जनाले नाम निकाल्न नसकेको जनाएको छ ।
Leave a Reply