Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम ‘एक्स–टेक नेल २२’ शुभारम्भ

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास ‘एक्स–टेक नेल २२’ को शुभारम्भ भएको छ ।
छाउनीस्थित रेञ्जर गणमा सोमबार आयोजित एक समारोहकाबीच संयुक्त तालिम अभ्यासको शुभारम्भ गरिएको हो ।

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा शुभारम्भ भएको उक्त कार्यक्रममा अमेरिकी राजदूतावासको प्यासिफिक अगमेन्टेसन टिम, तथा ओडीसीलगायतको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौज मध्येबाट करीब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित सो तालिम मंसिर १४ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्प ईलाकामा सञ्चालन हुने तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077