काठमाडौं । हिजोदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।
पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेर आन्दोलन गरेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ ।
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका उनीहरुले साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिएका थिए ।
नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
एशोसिएसनले यस अघि नै ५ दिने अल्टिमेटम दिएको थियो । एशोसियसनले १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
Leave a Reply