Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पर्सामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

वीरगञ्ज । पर्सामा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

मकवानपुर मनहरी गाउँपालिका वडा नम्वर ५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्वर १ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

कात्तिक १२ गते राति १२ बजे उनलाई हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो ।

घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077