Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश विवाद: आन्दोलनरत कानून व्यवसायीहरुको आज पनि प्रदर्शन

काठमाडौं । नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विरुद्धमा आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।

यसअघि हिजो आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै सर्वोच्चका १९ न्यायाधीशहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए।

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका उनीहरुलाई प्रहरीले अदालतको छेउमै रोकेको छ।

पूर्वनिर्धारित कार्यक्रमका अनुसार उनीहरुले साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने बताएका छन्।

जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।


प्रधानन्यायाधीश राणा अहिले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोपका कारण विवादको घेराभित्र फसेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077