Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीका ३ मन्त्री पदमुक्त हुँदै

सुर्खेत । कर्णाली प्रदेशका ३ मन्त्रीहरु आज पदमुक्त हुँदैछन्। ‘फ्लोर क्रस’ गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएका तीन मन्त्री पदमुक्त हुन लागेका हुन्।

सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुन लागेका हुन्।

आफूलाई सहयोग गरेपछि शाहीले उनीहरुलाई मन्त्री बनाएका थिए। एमालेको कारबाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका तीनै जनाले वैशाख १५ गते पुनः गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए। उनीहरू तीनै जना हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन्।

मन्त्री थापा नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन्। मुख्यमन्त्रीलाई विश्वासको मत दिने समयमा ‘फ्लोर क्रस’ गरेका अर्का नेता प्रकाश ज्वाला भने अहिले नेकपा (एकीकृत समाजवादी)को प्रदेश इञ्चार्ज तथा केन्द्रीय उप–महासचिवको जिम्मेवारीमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077