काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतवार पेसी तोकिएको मुद्दामा सुनुवाइ गरेका छन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीश राणाले नेपाल बार एसोसिएसन समितिको आन्दोलन र इजलास बहिष्कारकाबीच मुद्दाको एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन्।
यस्तै, जबराले राखेको एउटा अर्को रिट हेर्दाहेर्दैमा सकिएको अदालत प्रशासनले जनाएको छ ।
पछिल्लो समय सर्वोच्चका १९ जना न्यायाधीशले उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कार गर्दै आएका छन्।
प्रधानन्यायाधीश राणा अहिले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोपका कारण विवादको घेराभित्र फसेका छन् ।
तर, यसबारे प्रधानन्यायाधीश राणाले भने आफूले राजीनामा नदिने र कानुनसम्मत अघि बढ्ने जिकिर गर्दै आएका छन्।
Leave a Reply