बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउनकै लागि भए पनि पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।
आइतबर रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले यस्तो बताएका हुन्।
‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ, उनले भने।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यस्तै, गृहमन्त्री खाँणले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने प्रतिबद्धता समेत व्यक्त गरे।
Leave a Reply