काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
राणालाई आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच महारथी शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
गत कार्तिक ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राणा रथी दर्जामा पदोन्नति भएका थिए ।
रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् ।
कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । उनले आजदेखि नै रथीको कार्यभार समाल्ने सैनिक अड्डाले जनाएको छ।
Leave a Reply