Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चको प्रांगणमा बारको धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रांगणमा धर्ना सुरु गरेको छ।

गत सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन्।

बारले यो तिहारअघिका आन्दोलनको कार्यक्रम भएको बताएको छ । त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध समेत गरेको छ ।

प्रधानन्यायाधीशविरुद्धको विरोधका कार्यक्रमबारे देशभर रहेका बारका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल गरी थप विरोधका कार्यक्रमसमेत गर्ने बारको तयारी छ।

यस्तै बारेले न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन(नेबाए)को निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077