पोखरा । गायन रियालिटी सो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमले जितेको छ। शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा पराजुली र बुढाथोकीको टिम विजयी भएको हो।
त्यस्तै बालचन्द्र बराल र शोभा कार्कीको टोली दोस्रो बनेको छ। बाराही घाटमा आयोजना भएको फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए।
सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गरेका छन्। सोका सान्त्वना हुने टीमले २ लाख पाएको छ।
गायक बद्री पंगेनी र गायिका प्रीति आलेले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको थियो। उक्त शोको निर्यायकमा प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बिजी र चन्द्र शर्मा रहेका थिए।
Leave a Reply