एजेन्सी। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान करिब एक महिनापछि मुम्बईको आर्थर रोड जेलबाट आज रिहा भएका छन् ।
उनलाई क्रुज शिप पार्टीबाट लागूऔषध मुद्दामा पक्राउ गरिएको थियो । कारागार बाहिर सञ्चारकर्मीको भीड थियो र सुरक्षाका लागि प्रहरी पनि उपस्थित थिए ।
जेलबाट बाहिरिनेबित्तिकै आर्यन खान कारमा बसेर बाहिरिएका थिए ।
बिहीबार २३ वर्षीय आर्यन खानलाई लागूऔषध मुद्दामा मुम्बई उच्च अदालतले तीन दिनको सुनुवाइपछि जमानत दिएको थियो ।
तर उनले थप एक रात जेलमै बिताउनुपर्ने भयो ।
Leave a Reply