Online Nepal
  • शनिबार, २० पुष २०८१
  • मुक्तिनाथको दर्शपछि राष्ट्रपति भण्डारी ढोरपाटनमा

    मुक्तिनाथको दर्शपछि राष्ट्रपति भण्डारी ढोरपाटनमा

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 927
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन आइपुगेकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन् ।

    निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गरेका थिए ।



    राष्ट्रपति भण्डारीले आरक्षमा रहेका संग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गरेका प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।



    राष्ट्रपति भ्रमणमा आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी शुक्रबारै ढोरपाटन पुगेका थिए ।

    ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ ।

    एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

    पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि राष्ट्रपति भण्डारी आजै मुक्तिनाथ मन्दिर पुगेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार