Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमालेका कारण संसद अधिवेशन अन्त्य भयो : प्रचण्ड

    एमालेका कारण संसद अधिवेशन अन्त्य भयो : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने बताएका छन् ।

    एक÷दुई दिनभित्रै गठबन्धनको बैठक बसेर न्यायालयको विवादबारे सामूहिक धारणा बनाउने बताए । गठबन्धनका नेताहरू काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको समेत उनले बताए । उनले भने–‘अहिले गठबन्धनका नेताहरू काठमाडौँ भन्दा बाहिर भएकाले साझा धारणा बनाउनमा ढिलो भएको छ, बैठक बस्ने बित्तिकै गठबन्धनको धारणा आउँछ ।’



    जनकपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रतिपक्षी दल नेकपा एमालेले दिनहुँ गतिरोध उत्पन्न गरेपछि केहि दिनका लागि संसद बन्द गरिएको जनाए । उनले भने–‘संविधानको मर्म विपरीत अनावश्यक विषयमा प्रतिपक्षीले संसदमा गतिरोध उत्पन्न गराएपछि केहि दिनका लागि संसद बन्द गरिएको छ । यो बीचमा वातावरण शान्त हुन्छ कि १’



    दाहालले अर्ली इलेक्सन नहुने स्पष्ट पारेका छन् । उनले गठबन्धनको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकाल रहने बताए । दाहाल सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी हुन जनकपुर विमानस्थल पुगेका हुन् ।

    अध्यक्ष दाहालले नागरिकता जस्ता महत्वपूर्ण विधेयक अध्यादेशमार्फत ल्याउने पनि बताए । ‘विपक्षीको बखेडाले सदन अवरूद्ध छ’, उनले भने,‘त्यसैले अध्यादेश मार्फत महत्वपूर्ण विधेयकहरु ल्याउछौं । तर नागरिकता विधेयकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमती बनोस् भन्ने चाहेका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार